मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्यटनमा विदेशी लगानीकर्ताको आकर्षण

gorkhapatraonline.com · Sun Nov 01 01:35:38 UTC 2026

विदेशी लगानीकर्ताका लागि पर्यटन र सेवा क्षेत्र मुख्य आकर्षणको क्षेत्र बनेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रमा लगानीकर्ता आकर्षित हुँदा लगानी प्रतिबद्धता धेरै आएको हो ।

उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म ४२२ परियोजनामार्फत १६ अर्ब २३ करोड १९ लाख रुपियाँ प्रतिबद्धता आएको छ । जसमध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा १०८ परियोजनामार्फत छ अर्ब आठ करोड २८ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै सेवा क्षेत्रका ३३ वटा परियोजनामा तीन अर्ब ५७ करोड ५४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको तथ्याङ्कले देखाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)