बाघ र चितुवालाई गाउँमा आउन नदिन नेपालमा कृत्रिम गन्धको परीक्षण, के आयो परिणाम ?
ratopati.com · Sun Nov 01 01:38:39 UTC 2026

नेपालमा बाघ र चितुवालाई बस्ती तथा पशुपालन क्षेत्रमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले कृत्रिम गन्धको प्रयोग गरी नयाँ प्रविधिको परीक्षण भइरहेको छ । वन्यजन्तुले आफ्नो क्षेत्र निर्धारण गर्न र एकअर्कासँग सञ्चार गर्न प्रयोग गर्ने रासायनिक पदार्थको प्रयोगशालामा निर्मित स्वरूपलाई साना उपकरणमार्फत फैलाएर सिकारी जनावरको गतिविधि प्रभावित पार्ने प्रयास गरिएको हो ।
अमेरिकाको कर्नेल विश्वविद्यालय, विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र स्थानीय वन अधिकारीहरूको सहकार्यमा भइरहेको यो अनुसन्धानले ‘बायोबाउन्ड्री’ अर्थात् जैविक गन्धको अदृश्य सीमा निर्माण गर्ने अवधारणामा काम गरिरहेको छ । अनुसन्धानकर्ताहरूले सन् २०२४ अक्टोबरदेखि बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षसँग जोड्ने १३ किलोमिटर (८ माइल) लामो खाता जैविक मार्गमा गन्धका १० वटा रासायनिक पदार्थको परीक्षण सुरु गरेका थिए । परीक्षणका लागि पदार्थ प्रयोग गरिएका केन्द्र र नियन्त्रण केन्द्रहरू स्थापना गरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)