मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

संस्कृति ब्युँताउने पुतली प्रदर्शनी

gorkhapatraonline.com · Sun Nov 01 01:41:04 UTC 2026

ढाकाको दौरा–सुरुवाल, कम्मरमा पटुकी, फूलको माला, टोपी र मखमलको जुत्तामा सजिएका छन् बेहुला । झल्लरी छाता ओढेर काठको डोलीमा आफ्ना मान्यजनको साथमा बेहुला आफ्नी बेहुली लिन जाँदै छन् । नेवाः परम्परागत शैलीमा सबै जन्तीले दौरा, सुरुवाल, टोपी, पटुकीसहित इस्टकोट लगाएको छ । यो सानेपास्थित सङ्गीत, कला ग्यालरीमा चलिरहेको पुतली कला प्रदर्शनीको दृश्य हो । जुन दृश्यले नेवाः बस्तीमा हुने परम्परागत विवाहको झल्को दिन्छ । कलाकार पद्मश्री श्रेष्ठका सिर्जना ‘कनेक्टिङ कल्चर्स’ प्रदर्शनीमा छन् । उहाँले हाल लोपोन्मुख अवस्थामा रहेको नेवाः र ठकुरी जातिमा हुने परम्परागत विवाहको रमाइलो झल्को अनि सम्झना दिलाउने पुतलीहरू प्रदर्शनीमा राख्नुभएको छ । दुलहीको घरमा जाँदै गरेको जन्तीको हुल, नेवाः परम्परामा सुपारी र ठकुरी परम्परामा साइपाटा लिएर जाँदा आवश्यक सामग्रीको सजावट पनि पुलती प्रदर्शनीको मुख्य आकर्षणका रूपमा रहेको छ ।

यसै गरी कलाकार श्रेष्ठको प्रदर्शनीमा ओखलमा चिउरा कुटेको, रक्सी पार्ने, परम्परागत इनारमा पानी झिकिरहेको, माटोको भाँडामा खाना पकाएको र परम्परागत वाद्ययन्त्रका साथै विवाह समारोहका मौलिक परिदृश्य मनमोहक पुतली गतिविधिमा देख्न पाइन्छ । उहाँको यो उहाँको ११ औँ एकल पुतली कला प्रदर्शनी हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)