मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

युवाका लागि निःशुल्क अनलाइन एआई तालिम, आवेदन खुला

nagariknews.nagariknetwork.com · Sun Nov 01 01:39:23 UTC 2026

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले 'एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन' विषयमा निःशुल्क अनलाइन तालिम सञ्चालन गरिने भएको छ।

तालिम आगामी कात्तिक १८ र १९ गते (बुधबार र बिहीबार) बिहान १० देखि १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ। चारवटा सत्रमा प्रतिसत्र ५०० जनाका दरले कुल २,००० जनासम्म सहभागी हुन सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)