मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

nepalpress.com · Sun Nov 01 01:55:00 UTC 2026

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । अभियुक्तहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद २० हजार २ सय रुपैयाँ र एउटा मोटरसाइकलसमेत बरामद भएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौँका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक–एक स्थानबाट दुई–दुई, पर्सा, लमजुङ र बर्दियाका एक–एक स्थानबाट एक–एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)