मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेलायतका पहिलो १० करोड पाउन्डका खेलाडी ज्याक ग्रिलिसको करियर कठिन मोडमा

bishowkhabar.com · Sun Nov 01 01:56:04 UTC 2026

काठमाडौं – बेलायतको फुटबल इतिहासमा पहिलोपटक १० करोड पाउन्डको सरुवा मूल्य पार गर्ने खेलाडी ज्याक ग्रिलिसको करियर अहिले कठिन मोडमा पुगेको छ । एस्टन भिल्लाबाट म्यानचेस्टर सिटीमा कीर्तिमानी रकममा आबद्ध भएका ग्रिलिसले एभर्टनमा नयाँ सुरुवात गर्ने प्रयास गरिरहेका बेला अनुशासन उल्लंघनको आरोपमा टोलीबाट बाहिरिनुपरेको छ ।

यसै गर्मीयाममा म्यानचेस्टर सिटीबाट ऋणमा एभर्टन आएका ३१ वर्षीय ग्रिलिसले सुरुआतमा समर्थकको उल्लेख्य साथ पाएका थिए । सरुवा प्रक्रिया पूरा हुन एक घण्टा बाँकी रहँदा सेतो लेम्बोर्गिनी कारमा एभर्टनको फिन्च फार्म प्रशिक्षण केन्द्र पुगेका उनलाई समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । उनले पनि समर्थकलाई अटोग्राफ दिँदै तस्बिर खिचाएर नयाँ क्लबमा आफ्नो यात्रा सुरु गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)