कांग्रेस देउवा समूहको सल्यान सभापतिमा चन्द
ratopati.com · Sun Nov 01 02:05:06 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको सल्यान जिल्ला अधिवेशनबाट दीपकजंग चन्द जिल्ला सभापतिमा चयन भएका छन् । शनिबार सल्यानको श्रीनगरमा सम्पन्न जिल्ला अधिवेशनले चन्दको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, सचिवमा राजेशकुमार रेग्मी र सहसचिवमा गोपाल चन्द चयन भएका छन् । अधिवेशनले महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा जिल्लाका १० वटै पालिकाका सभापतिसमेत चयन गरेको उपसभापति शाहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)