शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग
nepalviews.com · Sun Nov 01 02:23:40 UTC 2026

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन्।
शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रमा उनीहरू हिउँमा फसेका हुन्। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले हिमाली क्षेत्रमा हिमपात भएपछि पर्यटकहरू समस्यामा परेका हुन्। स्थानीय गाइडका अनुसार हिमपातका कारण उक्त क्षेत्र पार गर्न कठिन हुने भन्दै स्थानीयवासीले पर्यटकहरूलाई सचेत गराएका थिए। तर, स्थानीयको सुझाव बेवास्ता गर्दै उनीहरू अघि बढेपछि हिउँमा फसेको जानकारी प्राप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)