मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोहिणीका १६ सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र वाटर डिस्पेन्सर वितरण

bishowkhabar.com · Sun Nov 01 02:29:47 UTC 2026

काठमाडौं – रूपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका १६ वटै सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र वाटर डिस्पेन्सर वितरण गरेको छ । गाउँपालिकाले विद्यालयको आवश्यकता र भौतिक पूर्वाधार सुधारलाई लक्षित गर्दै डेस्क–बेन्चसमेत उपलब्ध गराएको छ ।

गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि स्थानीय सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्ने बताए । उनले विद्यालयहरूले पनि सरकारी नीति तथा शैक्षिक मापदण्ड पालना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)