सहरमा कोदोका परिकार लोकप्रिय, गाउँमा खेती घट्दो
gorkhapatraonline.com · Sun Nov 01 02:29:43 UTC 2026

बढ्दो बसाइँसराइ र कृषि जनशक्तिको अभावमा बागलुङमा कोदोको उत्पादन घट्दै गएको छ । कोदोका परिकार सहरबजारका होटल तथा रेष्टुरेन्टको मेन्युमा लोकप्रिय बन्दै गए पनि यसको खेतीप्रति भने किसानको रुचि घट्न थालेको हो ।
कुनै समय गाउँघरको मुख्य खाद्यबालीका रूपमा रहेको कोदोको ढिँडो र रोटी अहिले सहरबजारका होटल तथा रेष्टुरेन्टमा आकर्षक परिकार बनेका छन् । स्वास्थ्यप्रति बढ्दो सचेतना र स्थानीय खानाको स्वादप्रतिको आकर्षणले कोदोका परिकारको माग बढाए पनि खेतीयोग्य जमिन बाँझिने र किसान नगदेबालीतर्फ आकर्षित हुने क्रम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)