लेभान्टेमाथि एट्लेटिको म्याड्रिडको सहज जित, शीर्ष स्थानमा उक्लियो
nepalviews.com · Sun Nov 01 02:53:25 UTC 2026
काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत सम्पन्न खेलमा एट्लेटिको म्याड्रिडले लेभान्टेमाथि २–० गोलको सहज जित निकालेको छ। यस महत्त्वपूर्ण जितसँगै एट्लेटिको म्याड्रिड लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
एट्लेटिकोको जितमा अलेहान्द्रो ग्रिमाल्डो र गियुलियानो सिमिओनीले उत्कृष्ट प्रदर्शन गर्दै एक-एक गोलको योगदान दिए। खेलको सुरुवातदेखि नै विपक्षीलाई दबाबमा राखेको एट्लेटिकोका लागि ३६ औँ मिनेटमा ग्रिमाल्डोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको ६२ औँ मिनेटमा सिमिओनीले गोल थपेपछि एट्लेटिकोले २–० को जित सुनिश्चित गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)