मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालयन बुलियनले नयाँ आउटलेट न्युरोडमा सञ्चालनमा ल्याउँदै, चाँदी खरिद र संकलन गर्न सहज हुने

clickmandu.com · Sun Nov 01 03:11:11 UTC 2026

काठमाडौं । शुद्ध चाँदीका बार तथा सिक्काको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले काठमाडौंको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा ल्याउँदैछ । कम्पनीले आज न्युरोड मलको पहिलो तलामा आउटलेट उद्घाटन गर्दैछ ।

हाल ज्ञानेश्वरबाट मात्रै कारोबार गर्दै आएको कम्पनीले व्यवसाय विस्तार गर्ने उद्देश्यले न्युरोडमा पनि सेवा सुरू गर्न लागेको सञ्चालक भिष्म गौतमले जानकारी दिए । उनका अनुसार नयाँ आउटलेट सञ्चालनमा आएपछि ग्राहकलाई चाँदीका बार तथा सिक्का अवलोकन गरी खरिद गर्न सहज हुनेछ । भविष्यमा देशका अन्य प्रमुख सहरमा पनि आउटलेट विस्तार गर्ने कम्पनीको योजना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)