लुम्बिनीमा तीन महिनामै मुख्यमन्त्री बदल्ने एमालेको तयारी, सत्ता साझेदार असन्तुष्ट
lokaantar.com

प्रदेश सरकार पुर्नगठन भएको तीन महिना नपुग्दै लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाउने गृहकार्य शुरू भएको छ । गएको १४ साउनमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिइएको थियो । तर, अहिले नेकपा (एमाले)भित्रै आचार्यलाई हटाउने कसरत शुरू भएको हो । गत १४ साउनमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा तत्काल मुख्यमन्त्रीमा आचार्यलाई निरन्तरता दिने र दशैँअघि आचार्यले राजीनामा दिएर पूर्वमुख्यमन्त्री लिला गिरीलाई छाड्नुपर्ने सहमति भएको थियो । त्योबेला ओली निवास गुन्डुमा पार्टी अध्यक्ष, आचार्य, गिरीबीच छलफल भएको तस्वीर पनि सार्वजनिक भएको थियो । अहिले पूर्वमुख्यमन्त्री गिरीसहित पार्टीभित्रकै एउटा पक्ष मुख्यमन्त्री फेर्ने गृहकार्यमा लागेको हो ।
नेता गिरीले तिहारअघि नै सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना पनि रहेको संकेत गरे । ‘सरकारको नेतृत्व परिवर्तनबारे छलफल चलेको छ, अध्यक्षज्यू (केपी ओली)ले म सबै कुरा मिलाउँदै छु भन्नुभएको छ,’ गिरीले लोकान्तरसँग भने, ‘मुख्यमन्त्री परिवर्तन हुँदैमा सत्ता साझेदार दललाई कुनै अप्ठ्यारो पर्दैन । नेतृत्व हाम्रै हुने हो, मन्त्रीहरू साझेदार दलका उहीँ हुन्छन् । तिहारअघि नै परिवर्तन हुने गरी अघि बढेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)