मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशका चार जिल्लामा केन्द्रीय प्रसारण लाइन अवरुद्ध

gorkhapatraonline.com · Sun Nov 01 03:08:03 UTC 2026

ताप्लेजुङसहित कोशी प्रदेशका चार जिल्लामा आइतबार केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुने छ । आइतबार आठ घण्टा ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण केन्द्र मोरङका अनुसार बिहान ४ बजेदेखि मध्यान्ह १२ बजेसम्म चार जिल्लामा विद्युत अवरुद्ध भएको हो । केन्द्रका अनुसार दुहबी ग्रिड महाशाखा अन्तर्गत दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरोन स्थित टावर नं. ६८ तथा ६९ बिचको डेट इन टावरदखि डेड आफ ग्यारेन्टीसम्म लुप इन र लुप आउट लगायतका कार्य गर्नुभएको विद्युत सेवा अवरुद्ध भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)