मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कामको खोजीमा भारततिर

gorkhapatraonline.com · Sun Nov 01 02:57:21 UTC 2026

दसैँ मनाउन तथा खेतीपातीको कामका लागि घर फर्किएका नेपाली पुनः रोजगारीका लागि भारततर्फ जान थालेका छन् । कैलालीको त्रिनगर–गौरीफन्टा नाका हुँदै दसैँपछि रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।

त्रिनगर नाकामा खटिएको सशस्त्र प्रहरी बलका अनुसार पछिल्लो समय दैनिक करिब पाँच सय जनासम्म नेपाली नागरिक भारततर्फ जाने गरेका छन् । चाडपर्वका लागि घर फर्किएका तथा गाउँमा खेतीपाती र अन्य घरायसी काम सकेर उनीहरू रोजगारीका लागि भारतका विभिन्न सहरतर्फ फर्किन थालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)