जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका लागुऔषध मुद्दाका कैदी सिरहाबाट पक्राउ
ratopati.com · Sun Nov 01 03:24:09 UTC 2026

जनकपुरधाम । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेर फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१४ का ३८ वर्षीय झरेन्द्र ज्यू ठकुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई शुक्रबार आफ्नै घरबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)