मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसमी चक्रवात र सरकारी चक्रवात एकैसाथ

nepalpress.com · Sun Nov 01 03:26:00 UTC 2026

प्रकृतिको प्रकोपसँग किसान लडिरहेका छन् । राज्य शक्तिको दबाबसँग सञ्चारकर्मी । एउटा चक्रवातले खेतबारीमा पाकेको बाली ढालिरहेको छ, अर्कोले लोकतन्त्रको जग मानिने प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाइरहेको छ । संयोग कस्तो भने, यी दुवै चक्रवात एकै समयमा देशमाथि मडारिएका छन् ।

बिहीबार बेलुकादेखि सुरु भएको अविरल वर्षा शनिबार बिहानसम्म आइपुग्दा झन् तीव्र बनेको छ । वर्षासँगै चलेको हावाहुरीले खेतमा पाकेर भित्राउने तयारीमा रहेको धान र बारीमा पाकेको कोदो ढालिदिएको छ । वर्षभरि पसिना बगाएर उत्पादन गरेको अन्नबाली आँखैअगाडि ढलेपछि किसानको मन कति रोएको होला? प्रकृतिको यो प्रहारले किसानको श्रम, लगानी र वर्षभरिको आशामाथि चोट पुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)