ग्लोबल आइएमई बैंकको नाफा साढे २४ प्रतिशतले बढ्यो, अरु सूचक कस्ता ?
corporatenepal.com · Sun Nov 01 03:15:28 UTC 2026

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ३१ करोड ३८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा २४.४८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपियाँ खुद नाफा कमाएको थियो । चालु आवको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी सामान्य रूपमा बढेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपियाँ रहेको यस्तो आम्दानी चालु आवमा बढेर ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपियाँ पुगेको छ। समीक्षा अवधिमा बैंकले शुल्क तथा कमिसनबाट १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपियाँ खुद आम्दानी गरेको छ। बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ८ लाख ६४ हजार रुपियाँ पुगेको छ भने सञ्चालन नाफा ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपियाँ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)