मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुटपिटबाट दाइको मृत्यु, भाई पक्राउ

barnanmedia.com · Sun Nov 01 03:22:22 UTC 2026

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ६२ वर्षीय रानाबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार गत कात्तिक ११ गते सामान्य विवाद हुँदा उनका भाइ अन्दाजी ६० वर्षीय शम्बरबहादुर तामाङले दाइ रानाबहादुरलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका रानाबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)