महानगर र उपमहानगरका पदमा रास्वपाले गर्यो उमेदवारी आवेदन खुला
baahrakhari.com · Sun Nov 01 03:54:00 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ । पछिल्लोपटक महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उमेदवारी दिन इच्छुकका निम्ति आवेदन खुला गर्ने निर्णय गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
पार्टीको ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरिएको छ । “महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उमेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरियो,” खरेलले आइतबार (कात्तिक १५) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)