चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार
nepalviews.com · Sun Nov 01 03:52:28 UTC 2026

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् । बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन् । कसैका हात माटो मुछ्नमा जुटेका छन् भने कसैले चक्र घुमाउँदै माटाका डल्लालाई आकार दिइरहेका छन् । चाडपर्वको रौनकसँगै सो बस्तीका कुम्हाल समुदायका घरआँगनमा माटाका सामग्री बनाएको हेर्नेहरु पनि भेटिन थालेका छन् ।
वर्षभरि सुस्त रहने माटाका सामग्रीको कारोबार दीपावली र छठको समयमा केही बढ्ने आशाले अहिले उनीहरु उत्पादनमा केन्द्रित छन् । “कारोवार वर्षभरि सुस्त रहन्छ, चाडपर्वको समयमा मात्र बिक्री हुन्छ”, खजुरीका पृतम पण्डितले भने, “त्यसैले अहिले पाला बनाउन हामी व्यस्त छौँ ।” उनीहरूका लागि यो समय केवल चाडपर्वको तयारी मात्र होइन, वर्षभरि थन्किएको पेसाबाट केही आम्दानी गर्ने अवसर पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)