मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माटोमा पुरिएको बलामकोट दरबार

gorkhapatraonline.com · Sun Nov 01 04:10:33 UTC 2026

बागलुङ, कात्तिक १५ गते । यहाँको एक ऐतिहासिक संरचना माटोमा पुरिएको छ । बागलुङ नगरपालिका–८, सिगानामा रहेको ऐतिहासिक गढीका रूपमा रहेको बलामकोट संरक्षणको अभावमा मासिँदै गएको छ ।

भुरेटाकुरे राजाले राज्य सञ्चालन गरेको भनिने बलामकोट दरबार संरक्षण नहुँदा भग्नावशेष समेत माटोमा पुरिएको छ । हाल बलामकोट क्षेत्रमा माटाका ढिस्का मात्रै देखिन्छन् । समयमै संरक्षण र उत्खनन हुन नसक्दा ऐतिहासिक महत्व बोकेको यो स्थल लोप हुने अवस्थामा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)