मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको भवन, जनताको घरमा क्षति र जोखिम (तस्बिर)

nepalpress.com · Sun Nov 01 04:00:52 UTC 2026

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ ।

खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा भदौमा पहिरो खसेको थियो । पहिरो खस्दा मान्मा बजारको मुख्य सडक र घर नै भासिएको थियो । निर्माणाधीन भवनको माथिपट्टि रहेका सात वटा घर पहिरोको उच्च जोखिममा छन् । भदौमा पहिरो खसेयता निर्माण कार्य प्रभावित छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)