ज्ञानेश कुमारलाई हटाउन दिल्लीमा विपक्षको ‘चलो दिल्ली’ र्याली, रामलीला मैदानमा कार्यकर्ता जुट्न थाले
ratopati.com · Sun Nov 01 04:29:18 UTC 2026

नयाँदिल्ली । भारतको विपक्षी गठबन्धन इन्डिया ब्लकले मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारलाई पदबाट हटाउन माग गर्दै आइतबार राजधानी नयाँदिल्लीस्थित रामलीला मैदानमा विशाल विरोध प्रदर्शन आयोजना गरेको छ । र्यालीमा सहभागी हुन बिहानैदेखि विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता जुट्न थालेका छन् ।
कांग्रेस, ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेससहित विपक्षी दलहरूले र्यालीलाई समर्थन गरेका छन् । निर्वाचन आयोगको निष्पक्षता, मतदाताको अधिकार र लोकतान्त्रिक संस्थाहरूको संरक्षणलाई मुख्य मुद्दा बनाउँदै विपक्षी दलहरूले ‘भोट बचाओ–देश बचाओ’ अभियानअन्तर्गत प्रदर्शन गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)