झण्डै दोब्बरले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा
corporatenepal.com · Sun Nov 01 03:45:00 UTC 2026

काठमाडौं । लक्ष्मी सनराइज बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा झन्डै दोब्बरले बढेको छ। कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घट्नु र गैरब्याज आम्दानीमा सुधार आउनुले बैंकको नाफा वृद्धिमा योगदान पुर्याएको हो । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको नाफा ३३ करोड २३ लाख ३१ हजार रुपियाँ थियो। यसअनुसार बैंकको नाफा ९६.४१ प्रतिशतले बढेको हो ।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको कमी प्रमुख कारण देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ९३ करोड ९१ लाख ६१ हजार रुपियाँ रहेको यस्तो व्यवस्था चालु आवमा ३८.३६ प्रतिशतले घटेर १ अर्ब १९ करोड ६८ लाख १० हजार रुपियाँमा सीमित भएको छ । यसबाट बैंकलाई अघिल्लो वर्षको तुलनामा ७४ करोड २३ लाख ५१ हजार रुपियाँ कम रकम कर्जा जोखिम व्यवस्थापनमा छुट्याउनुपरेको छ। फलस्वरूप बैंकको सञ्चालन नाफा ११२.९९ प्रतिशतले बढेर ९३ करोड ३१ लाख ७५ हजार रुपियाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)