मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

'नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भए पनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ'

nepalviews.com · Sun Nov 01 04:30:41 UTC 2026

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन् । पर्यटन क्षेत्रको सम्भावनाअनुसार पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटी, सरकारी नीति र प्रवर्द्धनमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

शाहका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ४७ हजार पर्यटक आएका थिए । यो नेपाली होटल उद्योगले सेवा दिन सक्ने क्षमताको एक तिहाइभन्दा पनि कम हो । होटल क्षेत्रमा खर्बौं रुपैयाँ लगानी भए पनि पर्यटकको संख्या अपेक्षाअनुसार नबढ्दा त्यसको पूर्ण उपयोग हुन नसकेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)