लेबनानी कथा हाच्छिउँ गर्ने रुख
gorkhapatraonline.com · Sun Nov 01 04:32:02 UTC 2026

बस्तीको छेउमा एउटा ठुलो र घना रुख थियो । त्यसमा धेरै चराले आफ्ना गुँड बनाएका थिए । रुख निकै विशाल भएकाले चराहरू त्यहाँ बारम्बार आउँथे । साँझपख तिनीहरू चिरबिर चिरबिर गर्दा वातावरण रमाइलो हुन्थ्यो तर बिस्तारै सबै कुरा बदलियो । चराहरूले त्यो रुख छोड्न थाले । रुखलाई चराहरूको साथ निकै मन पथ्र्यो । त्यसले बुझ्न सकेन कि आखिर किन चराहरूले अचानक आफूलाई छोड्ने निर्णय गरे ।
वास्तवमा रुखको पछाडिपट्टि अलिक उँचो भागमा एउटा बाटो थियो । केही दिनअघि त्यहाँ ढल बनाइएको थियो । बस्तीको फोहोर पानी त्यो ढल हुँदै बगेर सिधै रुखमाथि खस्थ्यो । यसै कारण रुखका पातहरू सधैँ भिजेका हुन्थे र त्यो फोहोर पानीले गर्दा रुखबाट दुर्गन्ध आउँथ्यो । फोहोर पानीको छिटाले सधैँ भिजिरहने रुखमा चराहरू कसरी बस्न सक्थे र ? चौबिसै घण्टा फोहोर पानीको निरन्तर मार खेप्दाखेप्दै त्यो रुख आफैँ पनि बिरामी परेको थियो । बाटो हिँड्ने मानिसले रुखबाट हाच्छिउँ गरेको आवाज सुन्न थाले । दिउँसोको समयमा कसैले पनि रुखले हाच्छिउँ गर्दा खासै ध्यान दिँदैन थिए तर रातको समयमा रुखबाट आउने त्यो आवाजले बाटो हिँड्नेलाई त्रसित बनाउँथ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)