मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साढे २ अर्ब नाघ्यो नबिल बैंकको खुद नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?

arthasansar.com · Sun Nov 01 04:24:32 UTC 2026

नबिल बैंक लिमिटेडको नाफा साढे २ अर्ब नाघेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको हो ।

वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४५.४ प्रतिशतले बढेको हो । बैंकले गत आवको पहिलो त्रैमासिकसम्ममा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद नाफामा भएको वृद्धिको प्रमुख कारण सम्भावित कर्जा नोक्सानी व्यवस्थामा आएको कमी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ७२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रहेकोमा समीक्षा अवधिमा यो घटेर १६ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। यसले कर्जा असुलीमा सुधार भएको र सम्भावित नोक्सानीको दबाब घटेको संकेत गर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)