मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२ अर्ब ३१ करोड पुग्यो ग्लोबल आइएमईको नाफा, अधिकांश सूचकमा आक्रामक सुधार

arthasansar.com · Sun Nov 01 04:49:52 UTC 2026

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्ममा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.५ प्रतिशतले नाफा बढेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ९० करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)