फूल खेतीबाट आम्दानी गर्दै किसान
gorkhapatraonline.com · Sun Nov 01 05:13:19 UTC 2026

सुनसरी, कात्तिक १५ गते । सुनसरीको वराहक्षेत्रमा फूल खेती गर्ने किसानको आकर्षण बढ्दै गएको छ । तिहारलाई लक्षित गरी वराहक्षेत्र नगरपालिका–६ र २ मा गरिएको फूल खेतीबाट स्थानीय किसान र कृषिक्षेत्रमा आबद्ध संस्थाले फूल खेती गर्दै आएका छन् ।
वराहक्षेत्र नगरपालिका–६ का युवा कृषक अर्जुन विष्टले यस वर्ष पाँच कट्ठाभन्दा बढी क्षेत्रफलमा टेबलटेनिस जातको सयपत्री फूल खेती गर्नुभएको छ । विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरी फूल खेती गर्दै आउनुभएका विष्टले यस वर्ष उत्पादन राम्रो भएकाले दुई लाख रुपियाँभन्दा बढीको फूल बिक्री गर्ने लक्ष्य रहेको बताउनुभयो । बिरुवाको जात र खेती गर्ने तरिका परिवर्तन गरेकाले यस वर्ष उत्पादनमा सुधार आएको उहाँले बताउनुभयो । बुटवलस्थित एग्रो कम्पनीबाट बिरुवा ल्याएर खेती गरेको विष्टले भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)