पाँचौँ स्थानमा रहे पनि मेसीप्रतिको मोह उस्तै, यूएईसहित 6 देशका पत्रकारले दिए पहिलो रोजाइको मत
barnanmedia.com · Sun Nov 01 05:12:53 UTC 2026
फुटबलका महान् खेलाडी लियोनल मेसीले सन् २०२६ को बालोन डी’ओर अवार्ड जित्न नसके पनि विश्वभरका फुटबलप्रेमीमाझ उनको लोकप्रियता अझै उस्तै रहेको देखिएको छ। समग्र मतपरिणाममा पाँचौँ स्थानमा रहेका अर्जेन्टिनाका कप्तान मेसीलाई यूएईसहित ६ देशका पत्रकारले आफ्नो पहिलो रोजाइमा राखेका छन्।
फ्रान्स फुटबलले सार्वजनिक गरेको मतदान विवरणअनुसार यूएई, अर्जेन्टिना, बेलारुस, ब्राजिल, चीन र पानामाका प्रतिनिधिले मेसीलाई पहिलो स्थानका लागि मत दिएका थिए। बालोन डी’ओरको मतदान प्रणालीमा पहिलो स्थानमा राखिएको खेलाडीले १५ अंक पाउने व्यवस्था छ। यसरी मेसीले कुल ६१२ अंक प्राप्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)