६.८४ प्रतिशतले घट्याे हिमालयन बैंककाे नाफा, अन्य सूचक कस्ता ?
arthasansar.com · Sun Nov 01 05:18:25 UTC 2026

हिमालयन बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा घटेको हो ।
चालु आवमा बैंकको नाफा गत आवको भन्दा ६.८४ प्रतिशतले घटेको छ । बैंकले चालु आवको पहिलो त्रैमासिकसम्मको अवधिमा ६५ करोड ४८ लाख रूपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ७० करोड २८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । मुख्य आम्दानीको स्रोतमा आएको गिरावट र व्यवसाय विस्तारमा देखिएको सुस्तताका कारण बैंकको नाफा प्रभावित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)