मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अम्बे स्टिलमा आगलागी, ८ जना घाइते

onlinekhabar.com · Sun Nov 01 05:20:44 UTC 2026

१५ कात्तिक, काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)