मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेटा अस्पताल उद्घाटन विवाद, अनुसन्धान गर्न छानबिन समिति गठन

annapurnapost.com · Sun Nov 01 05:13:59 UTC 2026

सिमरा : बाराको फेटामा अस्पताल उद्घाटनको विषयलाई लिएर शनिबार भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालको नेतृत्वमा गठित समितिमा प्रहरी उपरीक्षक भुनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन् ।

१५ शैय्या अस्पताल उद्घाटनको विषयलाई लिएर शनिबार दिनभर फेटा तनावग्रस्त बनेको थियो । फेटा गाउँपालिकाको कार्यालयले नवनिर्मित अस्पताल भवन उद्घाटन गर्ने तयारी गरेको थियो । तर, गाउँपालिकाका पूर्वअध्यक्ष अमिरीलाल प्रसादसहित स्थानीयले भने काम सम्पन्न नहुँदै भवन उद्घाटन गर्न लागिएको भन्दै विरोध गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)