विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
onlinekhabar.com · Sun Nov 01 05:35:55 UTC 2026

१५ कात्तिक, स्याङ्जा । स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय विवादमा परेको छ । विद्यालयको सहमतिबिनै जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालयले विरोध जनाएको छ ।
गत असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले वालिङ नगरपालिका–८ मा विद्यालयको स्वामित्वमा रहेको कित्ता नम्बर ४८२ को २९ रोपनी ५ आना २ पैसा १ दाम क्षेत्रफलको जग्गा अधिग्रहण गर्न स्वीकृति दिँदै प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)