मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालय शुद्धीकरणमा रास्वपाको परीक्षा:छुट दिन मिल्दैन

barnanmedia.com · Sun Nov 01 05:46:37 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले न्यायालयभित्र देखिएका विचलन र अनुचित साँठगाँठबारे संसदबाट निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ। यो निर्णय केवल राजनीतिक वक्तव्य होइन, अब पार्टीको विश्वसनीयताको परीक्षा पनि हो। न्यायालयको शुद्धीकरणको कुरा गर्ने हो भने त्यसको मापदण्ड सबैका लागि समान हुनुपर्छ।

अहिले इनाम सापकोटा प्रकरणसँगै न्यायालयभित्रका सम्बन्ध, पहुँच र नियुक्ति प्रक्रियाबारे गम्भीर प्रश्न उठिरहेका छन्। ती प्रश्नमध्ये एउटा प्रमुख प्रश्न सर्वोच्च अदालतको वरिष्ठता क्रममा चौथो नम्बरमा रहेका मनोजकुमार शर्माको प्रधानन्यायाधीश नियुक्ति पनि हो। यो नियुक्ति किन र कसरी भयो भन्ने विषयमा सार्वजनिक बहस भइरहेका बेला न्यायालय शुद्धीकरणको अभियानबाट यही प्रश्नलाई अलग राख्न मिल्दैन। आरोप लाग्नु र दोष प्रमाणित हुनु फरक कुरा हो, तर विवादको केन्द्रमा रहेका विषयलाई छानेर मात्र कारबाही गर्ने हो भने त्यसले शुद्धीकरणको उद्देश्यलाई नै कमजोर बनाउँछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)