आवासको आधुनिकीकरणसँगै सरसफाइ संस्कृतिमा परिवर्तन
gorkhapatraonline.com · Sun Nov 01 05:56:47 UTC 2026

महोत्तरी, कात्तिक १५ गते । आवासको आधुनिकीकरणसँगै दीपावलीका अवसरमा यस क्षेत्रमा गरिने सरसफाइसम्बन्धी सांस्कृतिक अभ्यासमा परिवर्तन आएको छ । दसैँ सकिएसँगै महोत्तरीसहित यस क्षेत्रमा माटोले घरआँगनको सरसफाइ गरिने, गोबरले लिपपोत गरिने, घर मर्मत गर्ने तथा घरका सरसामानलाई पोखरीमा धुने जस्ता सांस्कृतिक कार्यमा अहिले परिवर्तन देखिएको हो ।
जलेश्वर नगरपालिका–४ बस्ने वर्ष ४२ का मिन्टु ठाकुरले डेढ दशकअगाडिसम्म दसैँपछि आफूहरूको मुख्य काम पोखरीबाट मलिलो माटो ल्याएर गाईको गोबरमा मिलाएर घरका भित्तामा लगाउने, घरमा रहेको सुत्ने खाट, झ्यालढोका खोलेर पोखरीमा गएर सरसफाइ गर्ने, सबै सामग्रीमा तेल लगाउने हुने गरेको सम्झिँदै यी काम अहिले हराउँदै गएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)