बाँकेको अम्बे स्टिलमा विद्युत् भट्टी विस्फोट हुँदा आठ जना घाइते
gorkhapatraonline.com · Sun Nov 01 05:55:04 UTC 2026

बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगमा विद्युत् भट्टी विस्फोट हुँदा आठ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भारतको लखनउ लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार बिहान पौने ६ बजेतिर उद्योगमा भट्टी विस्फोट भई आगलागी भएको थियो । यसअघि पनि केही दिनअघि सोही उद्योगको केमिकल ट्याङ्कीमा आगलागी भएको थियो । उद्योगभित्र फलाम पगाल्न प्रयोग गरिने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)