सुनको मूल्यमा एकैदिन ८ हजार ३ सय रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
himalpress.com · Sun Nov 01 06:01:06 UTC 2026

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।
यसअघि चार दिनसम्म निरन्तर उकालो लागेको सुनको मूल्य गत शुक्रबार पनि घटेको थियो। शुक्रबार प्रतितोला ३ हजार २ सय रुपैयाँले घट्दै सुनको मूल्य २ लाख ८० हजार ३ सय रुपैयाँमा झरेको थियो। त्यसअघिका चार दिनमा भने सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)