मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पामा दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन

annapurnapost.com · Sun Nov 01 05:55:16 UTC 2026

काठमाडौं :डोल्पाको उच्च हिमाली क्षेत्रमा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। अत्यधिक हिमपात भएपछि जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे-फोक्सुण्डो तालतर्फ जाँदै गरेका उनीहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन हुनेमा दुई महिला चारजना पुरूष रहेका छन्।

उनीहरूको लोकेसन ट्रयाक भइसकेको र नेपाली सेनाको हेलिकोप्टरले खोजि गरिरहेको डोल्पा प्रहरीले जनाएको छ। बंगलाको खाडीमा विकसित चक्रवात अर्नब को प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। उनीहरू पनि सोही हिमपातमा फसेको आशंका गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)