मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोशी–मरिण डाइभर्सनको नयाँ ठेक्का प्रक्रिया रद्द

gorkhapatraonline.com · Sun Nov 01 05:41:04 UTC 2026

सिन्धुलीमाढी, कात्तिक १५ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुनकोशी नदीमा बाँध, विद्युत्गृहलगायत संरचना निर्माणका लागि अघि बढाइएको नयाँ ठेक्का प्रक्रिया रद्द गरिएको छ ।

आयोजनाले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको बोलपत्र प्रक्रिया रद्द गरेको जनाएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा २ मा रहेको व्यवस्थालाई आधार बनाउँदै बोलपत्र प्रक्रिया रद्द गरिएको सूचनामा उल्लेख छ । आयोजनाका सूचना अधिकारी तथा वरिष्ठ डिभिजनल इन्जिनियर अशोक गौतमले नयाँ ठेक्का प्रक्रिया रद्द भएको पुष्टि गर्नुभयो तर प्रक्रिया रद्द हुनुको कारणबारे आफूलाई पनि स्पष्ट जानकारी नभएको उहाँले बताउनुभयो । “ठेक्का प्रक्रिया रद्द भएको छ । किन रद्द भयो भन्ने विषयमा म पनि बुझ्दै छु,” उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)