मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

gorkhapatraonline.com · Sun Nov 01 06:01:16 UTC 2026

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अगाडि बढाउन निर्देशन दिएको हो । हात्तीको आवागमनसम्बन्धी सूचना सङ्कलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न रेडियो कलरको व्यवस्था गर्न विभागले अनुरोध गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)