गोरखाका समस्या समाधान गर्न परिणाममुखी काम गर्छु : गृहमन्त्री गुरुङ
gorkhapatraonline.com · Sun Nov 01 06:23:23 UTC 2026

। गृहमन्त्री सुधन गुरुङले गोरखाको विकास र जिल्लावासीका समस्या समाधानका लागि परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तरक्रियामा उहाँले जिल्लाका समस्या र नागरिकका अपेक्षालाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि पहल गर्ने बताउनुभएको हो ।
गृहमन्त्री गुरुङले आफू सरकारमा आएको छ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गर्नुभयो । जिल्लाको विकास र नागरिकका समस्या समाधान गर्न आफूले सक्दो प्रयास गर्ने उहाँको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)