मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णाली प्रादेशिक रंगशालामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले थपेको उत्साह

baahrakhari.com · Sun Nov 01 06:39:00 UTC 2026

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्मित प्रादेशिक रंगशाला यहाँको पहिचान र प्रतिष्ठासँग जोडिएको छ । १० हजार दर्शक अट्ने क्षमताको अत्याधुनिक रंगशाला कर्णालीको खेलकुद इतिहासमा एउटा महत्त्वपूर्ण उपलब्धि हो । तर, यो रंगशाला निर्माणको कथा जति गौरवपूर्ण छ, यसको यात्रामा देखिएको राजनीतिक खिचातानी र प्रशासनिक अव्यवस्था त्यति नै पीडादायी छ ।

कहिले निर्माण निर्णयको राजनीतिक जस लिने प्रतिस्पर्धा, कहिले बजेट र वातावरणीय स्वीकृतिको विवाद, कहिले प्रदेश खेलकुद विकास परिषद्को नेतृत्वलाई लिएर दलहरूबीचको भागबन्डा त कहिले तत्कालीन सदस्यसचिव विश्वामित्र संज्याल र पूर्वमुख्यमन्त्री यामलाल कँडेल सरकारबीचको टकराव । यस्ता अनेकौँ उतारचढाव खेप्दै आएको रंगशालामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)