विद्युत् सर्ट भएर अम्बे स्टिलमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा, आठ घाइते
bishowkhabar.com · Sun Nov 01 06:56:35 UTC 2026

काठमाडौं – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको छ । आइतबार बिहान करिब ५ः४० बजे विद्युत् सर्ट भएर कम्पनीभित्र आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी पाँच नेपाली र तीन भारतीय गरी आठ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको थियो। तीमध्ये बाँकेका शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)