मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुक्तिनाथ विकास बैंकको पहिलो त्रैमास: कर्जा विस्तारमा ठूलो फड्को, नाफामा अभूतपूर्व वृद्धि र सम्पत्तिमा बलियो उछाल

barnanmedia.com · Sun Nov 01 06:47:06 UTC 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद पनि कर्जा विस्तार, नाफा वृद्धि, ब्याज आम्दानी र गैर-ब्याज आम्दानीमा उल्लेख्य प्रगति हासिल गर्दै वित्तीय क्षेत्रमा बलियो उपस्थिति जनाएको छ।

बैंकको कर्जा तथा सापट (ग्राहकलाई) रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ९६ करोड ४५ लाख रुपैयाँले बढेर १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। यो ४.९४ प्रतिशत को वृद्धि हो। व्यवस्थापन विश्लेषणअनुसार कर्जा तथा सापट (ग्राहक र बैंकिङ तथा वित्तीय संस्थासहित) ४.६६ प्रतिशत ले बढेको छ। यसले बैंकको व्यवसाय विस्तारमा बलियो गति र बजारमाथि पकड देखाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)