मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्री रावल भोलि झापा जाँदै

nagariknews.nagariknetwork.com · Sun Nov 01 06:55:22 UTC 2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि (सोमबार) झापा भ्रमणमा जाने भएकी छन्।

भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारीपीडितहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। साथै, स्थानीय नागरिकसँग अन्तरक्रिया गरी भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्ने छिन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)