फेटा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आजपाको माग
ratopati.com · Sun Nov 01 07:08:12 UTC 2026

बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम जनता पार्टी (आजपा) मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आजपा मधेश प्रदेश समितिका अध्यक्ष उमेश कुशवाहाले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रहरीको गोली लागेर घाइते भएका पासवानलाई तत्काल उच्चस्तरीय स्वास्थ्य उपचारको व्यवस्था गर्न र घटनामा घाइते भएका अन्य व्यक्तिको समेत निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)