गोरखाका समस्या सुन्दै गृहमन्त्री गुरुङ, विकास र पूर्वाधारमा काम गर्ने प्रतिबद्धता
barnanmedia.com · Sun Nov 01 07:10:24 UTC 2026

गोरखा — गृहमन्त्री सुधन गुरुङ निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, गुनासा र सुझाव सुन्न सक्रिय देखिएका छन्। यसैक्रममा उनले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँग अन्तरक्रिया गर्दै जिल्लाको समग्र विकास र स्थानीय समस्याबारे छलफल गरेका छन्।
अन्तरक्रियाका क्रममा सहभागीहरूले गोरखाको पूर्वाधार विकास, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय सञ्चालनमा देखिएका समस्याबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)