पहिरो पन्छाएर बीपी राजमार्ग खुलाउने प्रयास सुरु, कान्ति लोकपथ पनि अवरुद्ध
bishowkhabar.com · Sun Nov 01 07:15:37 UTC 2026

काठमाडौं – अविरल वर्षापछि पहिरो खस्दा अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु भएको छ । शुक्रबार र शनिबार परेको वर्षाका कारण राजधानी काठमाडौं आवतजावत गर्ने बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानैदेखि बीपी राजमार्गमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । काभ्रेको रोसी गाउँपालिका–७ गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजरको सहायताले पहिरो पन्छाउन थालिएको प्रहरीले जनाएको छ । वर्षा रोकिएपछि सडक खुलाउने काम सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)